IME Life New

ब्याज आम्दानी १६१%ले बढ्दा पनि नेरुडे मिर्मिरे लघुवित्त घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म संस्थाले ६ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थालाई ६ करोड ८६ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ३ करोड ५४ लाख रुपैयाँ भएको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले ३३ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २४ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद ब्याज आम्दानी १६१.३४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा १९ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ८.४७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ८.८३ प्रतिशत थियो।

चुक्तापुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब २६ करोड ६४ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा संस्थाले ११ अर्ब २४ करोड ९९ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले ११ अर्ब २ करोड ८२ लाख रुपैयाँ सापटी लिएर २० अर्ब १४ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८.९७ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ६.७८ रुपैयाँ थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १८४.२४ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS