IME Life New

बैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन,सार्वभाैम क्रेडिट रेटिङका लागि अझैसम्म छैन तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विदेशी लगानी भित्र्याउनका लागि पहल गर्न आगामी बैशाख महिनामा नेपालले लगानी सम्मेलनको आयोजना गर्दैछ । विदेशी लगानीकर्तालाई नेपाल प्रत्यक्ष विदेशी लगानी गर्नका लागि प्रेरित गर्ने र रिझाउने उद्देश्यले लगानी सम्मेलनको तयारी शुरु गरिएको हो ।

लगानी सम्मेलनको तयारी भइरहँदा विदेशी ठूला लगानीकर्ताले चासो राख्ने सार्वभाैम साख मूल्या‌ंकन(सोभरेन क्रेडिट रेटिङ) नेपालले अझैसम्म गरेको छैन । यस्तो रेटिङले वित्तीय दायीत्व चुक्ता गर्नका लागि कुनै पनि देश कतिको सक्षम छ भन्ने इ‌ंगित गर्छ। त्यसैले ठूलो लगानी गर्नुपूर्व विदेशी लगानीकर्ताले यस्तो रेटिङको चासो राख्छन् ।

Esewa
Crest

सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेटमा नै देशको क्रेडिट रेटिङ गर्ने घोषणा गरेर अन्तर्राष्ट्रिय रेटिङ कम्पनी फिचलाई रेटिङको जिम्मा दिएको थियो । रेटिङको लागि ठूलो धनराशी खर्च हुने भएकाले विदेशी विकास नियोग डीएफआईडीमार्फत सरकारले सहयोग राशी जुटाउने तयारी पनि गरेको थियो । तर अस्थिर राजनीतिक अवस्था, कोरोना महामारीको फैलँदो प्रभाव, खस्कँदो अन्तर्राष्ट्रिय व्यापारका कारण २०७६ सालमा यो काम अघि बढेन, तुहियो।

चालू आवको बजेट वक्तव्यमा पनि सार्वभाैम साख मूल्या‌ंकन गराउने घोषणा गरिएको छ । बजेट घोषणा भएको ६ महिना बित्न लाग्दा समेत अझैसम्म सरकारले परामर्श दाता नियुक्त गर्नका लागि पहल गरेको छैन ।

मुलुकको सार्वभाैम रेटिङ हुन नसकेपछि सरकारी स्वामित्वको पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीले स‌ंस्थागतरूपमा क्रेडिट रेटिङको काम अघि बढाएको छ। विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउनका लागि सार्वभाैम साख मूल्या‌ंकन अत्यावश्यक हुने भएपनि सरकारी पहल नभएपछि नेपाल पुनर्बीमा आफै‌ंले रेटिङ गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS