IME Life New

बैंक खाता रोक्का/फुकुवाका लागि स्वचालित प्रणाली ल्याउने राष्ट्र बैंकको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाका लागि स्वचालित प्रणाली ल्याउने प्रस्ताव गरेको छ।

केन्द्रीय बैंकले तयार गरेको ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’को मस्यौदातामा यस्तो प्रस्ताव गरेको हो। प्रस्तावित विनियमावलीमा राष्ट्र बैंकले सरोकारवाला निकायहरुबाट राय–सुझाव मागेको हो। यसका लागि १५ दिनको समय दिइएको छ। सरोकारवाला निकायहरुबाट प्राप्त राय–सुझाव अध्ययनपछि राष्ट्र बैंकले यो विनियमावली लागू गर्नेछ।

Esewa
Crest

विनियमावलीको मस्यौदामा बैंक खाता रोक्का तथा फुकुवाका लागि स्वचालित प्रणाली व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। जसअनुसार राष्ट्र बैंकले खाता रोक्का वा फुकुवासम्बन्धी अनलाइन प्रणाली विकास गरी सो सम्बन्धमा आवश्यक निर्देशन बैंक तथा वित्तीय संस्थाहरुका नाममा जारी गर्नेछ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्था तथा प्रचलित कानुनबमोजिम खाता रोक्का वा फुकुवा गर्न अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकले विकास गरेको अनलाइन प्रणालीमार्फत खाता रोक्का वा फुकुवाको निवेदन दिन सक्ने व्यवस्था प्रस्तावित विनियमावलीमा गरिएको छ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने व्यवस्था प्रस्तावित विनियमावलीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS