IME Life New

बैंकिङ प्रणालीबाट फेरि रु. १० अर्ब तान्दै राष्ट्र बैंक, भोलि बोलकबोल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि जेठ ७ गते फेरि १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। जेठमा यो चौथो पटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

Esewa
Crest

केन्द्रीय बैंकले भोलि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक १० अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका लागि भोलि दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS