IME Life New

बैंकिङ प्रणालीमा पैसा थुप्रियो, भोलि एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। बैंक तथा वित्तीय संस्था निक्षेप थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि प्रणालीबाट पैसा तान्न थालेको छ।

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो जेठ महिना सुरुआतमै फेरि दोस्रो बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको छ। केन्द्रीय बैंकले भोलि जेठ ३ गते निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

Esewa
Crest

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको जेठ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि जेठ १ गते राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिचेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS