IME Life New

बैंकिङ प्रणालीमा पैसा थुप्रिएको थुप्रियै, राष्ट्र बैंक तानेको तान्यै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई निकै सकस परेको छ। बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जाको माग बढ्न नसक्दा तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई हम्मेहम्मे परेको छ।

निक्षेप बढ्दै जाँदा अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आएको आएको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन गर्नुपर्छ।

Esewa
Crest

हाल बैंकहरुको औसत अन्तरबैंक ब्याजदर २.९३ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप जेठ २३ गतेसम्म बढेर ६२ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६२ खर्ब ३२ अर्ब रुपैयाँ थियो।

कर्जाको माग भने सुस्त नै छ। जेठ २३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ५१ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब २९ अर्ब रुपैयाँ थियो। यो हिसाबले कर्जा लगानी घटेको छ। औसत सीडी रेसियो पनि ८०.५ प्रतिशतमा झरेको छ।

अधिक तरलता बढ्दै जाँदा जेठ महिना लागेयता केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी पौने ३ खर्ब रुपैयाँ बढी बैंकिङ प्रणालीबाट तानिसकेको छ। जेठ २५ गतेसम्म राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै २ खर्ब ८५ अर्ब रुपैयाँ तानेको छ।

कर्जाको माग नबढेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि एकदम न्यून ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS