IME Life New

बैंकिङ प्रणालीमा निक्षेप ६७ खर्ब नाघ्यो, एकैदिन बढ्यो ३६ अर्बले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप ६७ खर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पुस २९ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६७ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो। यो एक दिनमै निक्षेप ३६ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन पुस २८ गतेसम्म कुल निक्षेप ६६ खर्ब ९८ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

पुस २९ मा वाणिज्य बैंकहरुको मात्र निक्षेप एकैदिन २८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ६० अर्ब रुपैयाँ थियो।

पुस २९ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि ३१ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल कर्जा लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५४ खर्ब ४ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पुस २९ गते एकैदिन २७ अर्ब रुपैयाँले बढेर ४८ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४७ खर्ब ९० रुपैयाँ थियो।

पुस २९ मा बैंकहरुको औसत सीडी रेसियो ७९.४३ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS