IME Life New

बैंकिङ प्रणालीमा थुप्रियो पौने ६५ खर्ब बढी निक्षेप, बढ्यो कर्जा प्रवाह पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणाली निक्षेप थुप्रिने क्रम जारी रहेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप पौने ६५ खर्ब रुपैयाँ बढी पुगेको छ।

तथ्यांकअनुसार असार ३० मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ६४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। असार २६ सम्म कुल निक्षेप ६४ खर्ब ५७ अर्ब रुपैयाँ थियो। यो ४ दिनमा बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको छ।

Esewa
Crest

यसैगरी वाणिज्य बैंकहरुको निक्षेप पनि यो ४ दिनमा २२ अर्ब रुपैयाँले बढेको छ। गत असार २६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब २९ अर्ब रुपैयाँ रहेकोमा असार ३० गतेसम्म बढेर ५७ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो चार दिनमा बैंक तथा वित्तीय संस्थाहरुबाट १० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत असार २६ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब ५० अर्ब रुपैयाँ रहेकोमा असार ३० मा बढेर ५१ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरुको कर्जा लगानी पनि यो ४ दिनमा ४५ खर्ब ५५ अर्ब रुपैयाँबाट बढेर ५५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुको औसत सीडी रेसियो सामान्य घटेको छ। असार २६ मा औसत सीडी रेसियो ७७.७५ प्रतिशत रहेकोमा असार ३० मा थोरै घटेर ७७.६१ प्रतिशत कायम भएको छ। असार ३० मा अन्तरबैंक ब्याजदर भने २.९३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS