IME Life New

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ७ अर्ब, कर्जाको माग भने सुस्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ १३ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। जेठ १२ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब थियो। यो हिसाबले बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ।

तथ्यांकअनुसार जेठ १३ मा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले ५४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८३ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

जेठ १३ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर ५१ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंकहरुको कुल कर्जा लगानी ५१ खर्ब १६ अर्ब रुपैयाँ थियो। निक्षेप बढ्दै गए पनि कर्जाको माग भने बढ्न नसकेको देखिन्छ।

जेठ १३ मा बैंकहरुको औसत सीडी रेसियो घटेर ८०.२२ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८०.२९ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने पुनः ३ प्रतिशतभन्दा तल झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS