IME Life New

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. २० अर्ब निक्षेप, बढ्यो कर्जा लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन १२ गते बैंक तथा वित्तीय संस्थाबाट एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो। योसँगै कुल निक्षेप ६७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६७ खर्ब ४० अर्ब रुपैयाँ थियो।

Esewa
Crest

तथ्यांक उक्त २० अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट बाहिरिएको हो। फागुन ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा फागुन १२ गते घटेर ५९ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ।

फागुन १२ मा बैंक तथा वित्तीय संस्थाबाट थप २ अर्ब रुपैयाँ कर्जा लगानी विस्तार भएको छ। यो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५४ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

फागुन १२ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६९ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS