IME Life New

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १४ अर्ब, कर्जा लगानीको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन १४ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैत २८ गते (बुधबार) एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप गत बुधबार घटेर ६१ खर्ब ३० अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबारसम्म कुल निक्षेप ६१ खर्ब ४४ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

गत बुधबार वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १३ अर्ब रुपैयाँले घटेर ५४ खर्ब १५ अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २८ अर्ब रुपैयाँ थियो।

चैत २८ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी १ अर्ब रुपैयाँले घटेर ५० खर्ब ९८ अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५० खर्ब ९९ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि १ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ९ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४५ खर्ब १० रुपैयाँ थियो।

बैंकिङ प्रणालीमा निक्षेप घटेसँगै चैत २८ गते औसत सीडी रेसियो बढेर ८०.७४ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८०.५८ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत माथि नै रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS