IME Life New

बैंकहरुले अब १५% वा बढी शेयर धारण गर्नेहरुको व्यक्तिगत विवरण राख्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब १५ प्रतिशत वा सोभन्दा बढी शेयरधारण गर्नेहरुको व्यक्तिगत विवरण राख्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको नाममा जारी निर्देशनमा संशोधन गर्दै यस्तो प्रावधान ल्याएको हो। बैंकको १५ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीको व्यक्तिगत विवरण (नाम, थर, पति/पत्नी, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोबाइल नं., ई–मेल ठेगाना) सम्बन्धित बैंकले राख्नुपर्नेछ।

Esewa
Crest

यसैगरी बैंकहरुले कम्पनीका १५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व धारण गर्ने कानुनी व्यक्ति (कम्पनी, संस्था) को हकमा सो कानुनी व्यक्तिको १५ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीको व्यक्तिगत विवरण (नाम, थर, पति/पत्नी, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोबाइल नं., ई–मेल ठेगाना) राख्नुपर्नेछ।

यसअघि बैंकहरुले १० प्रतिशत शेयर धारण गर्ने शेयरधनी तथा कानुनी व्यक्ति (कम्पनी, संस्था)को व्यक्ति विवरण गर्नुपर्ने व्यवस्था थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS