IME Life New

बैंकहरुमा पैसै–पैसा, राष्ट्र बैंकमा राख्दा ३% पनि पाउँदैनन् ब्याज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जा प्रवाहले गति लिन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थुप्रिएको छ। अधिक तरलता ह्वात्तै बढेपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ।

चालु आर्थिक वर्षको पुस २ गतेसम्म केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न बैंकिङबाट पैसा खिच्न ४० पटक निक्षेप संकलन उपकरण प्रयोग गरिसकेको छ। यो अवधिमा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २२ खर्ब १५ अर्ब रुपैयाँ खिच्न खोजेको थियो। तर, बैंकहरुले १५ खर्ब ४ अर्ब ८० करोड रुपैयाँमात्रै दिन तयार भए।

Esewa
Crest

यी ४० वटा निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३ प्रतिशतभन्दा मुनि रहेका छन्। अर्थात बैंकहरुले ३ प्रतिशतभन्दा कम ब्याजदरमै केन्द्रीय बैंकमा पैसा राख्न मन्जुर भएको देखिन्छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६७ खर्ब रुपैयाँ नजिक पुगेको छ भने कर्जा प्रवाह ५३ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ। बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशतभन्दा तल नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS