IME Life New

बैंकहरुमा निक्षेप थुप्रिएर करिब साढे ६३ खर्ब पुग्यो, कर्जा प्रवाह कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ। बैंकिङ प्रणाली निक्षेप थुप्रिए साढे ६३ खर्ब पुग्न लागेको छ।

नेपाल राष्ट्र बैंक तथ्यांकअनुसार असार १७ गते बैंकिङ प्रणालीमा एकैदिन १० अर्ब रुपैयाँले निक्षेप बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब ३५ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

असार १७ मा वाणिज्य बैंकहरुको निक्षेप पनि ९ अर्ब रुपैयाँले बढेर ५६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब १३ अर्ब रुपैयाँ थियो।

निक्षेप बढेको बढ्यै गरे पनि कर्जा प्रवाहले भने गति लिन सकेको छैन। असार १७ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै बढेर ५१ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ४९ अर्ब रुपैयाँ थियो।

निक्षेप थुप्रिएसँगै बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशत तल झरेको छ। असार १७ मा बैंकहरुको औसत सीडी रेसियो ७९.०९ प्रतिशत रहेको छ। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS