IME Life New

बैंकहरुबाट स्थिर ब्याजदरमा प्रवाह हुने कर्जासम्बन्धी कस्तो छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्राहकले बैंक तथा वित्तीय संस्थालाई कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्छ। यस्तो अवस्थामा नियमित र निश्चित आय भएका व्यक्तिलाई उपयुक्त हुनेगरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।

यस प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुनेगरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ। नियमित आम्दानी भएका व्यक्तिले स्थिर ब्याजदरमा कर्जा उपभोग गर्दा कर्जा अवधिभर ब्याजदर परिवर्तन हुँदैन र निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ।

Esewa
Crest

ग्राहक स्वयंले परिवर्तनीय ब्याजदरमा नै कर्जा लिन चाहेमा भने ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न सकिने व्यवस्था रहेको छ। त्यसैले ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी कर्जा कारोबार गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS