IME Life New

बैंकहरुको सीडी रेसियो ७८%कै लाइनमा, निक्षेप र कर्जा दुवै घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणाली तरलता फालाफाल रहँदा र कर्जाको माग नबढ्दा बैंकहरुको औसत सीडी रेसियो ७८ प्रतिशतको लाइनमा झरेको छ।

नियामकीय प्रावधानअनुसार बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्न सक्छन्। तर, पछिल्लो समय बैंकहरुमा निक्षेप थुप्रिएसँगै सीडी रेसियो ७८ प्रतिशतको लाइनमा रहेको छ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो ७८.४४ प्रतिशत रहेको छ। यो साउन १२ गतेको तथ्यांक हो। अघिल्लो दिन साउन ११ गते औसत सीडी रेसियो ७८.४२ प्रतिशत थियो।

साउन १२ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले ६४ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६४ खर्ब ३८ अर्ब रुपैयाँ थियो।

तथ्यांकअनुसार साउन १२ मा वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेर ५७ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ७ अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी पनि साउन १२ मा १ अर्ब रुपैयाँले घटेर ५१ खर्ब ४० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

साउन १२ मा बैंकहरुको अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS