IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा रु. ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी बैंकहरुको विभिन्न पेन्सन कोषमा रहेको ४ अर्ब ४ करोड ७९ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

Esewa
Crest

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ३ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६० करोड ७१ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २० करोड २३ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर १९ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS