IME Life New

बैंकहरुको निक्षेप साढे ६४ खर्ब नाघ्यो, एकैदिन थपियो २४ अर्ब, सीडी ७७%को लाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुको निक्षेप बढेर साढे ६४ खर्ब रुपैयाँ घटेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २५ गते मंगलबार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। मंगलबार एकैदिन बैंकहरुको निक्षेप २४ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन असार २४ मा बैंकहरुको कुल निक्षेप ६४ खर्ब ३३ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

असार २५ मा वाणिज्य बैंकहरुको कुल निक्षेप २३ अर्ब रुपैयाँले बढेर ५७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५ अर्ब रुपैयाँ थियो।

असार २५ मा बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म बैंकहरुको कुल कर्जा लगानी ५१ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार २५ मा घटेर ५१ खर्ब ५६ अर्ब रुपैयाँ थियो।

निक्षेप बढ्दै जाँदा र कर्जाको माग सुस्ताउँदा औसत सीडी रेसियो ७७.८४ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.१३ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने २.९८ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS