IME Life New

बैंकहरुको औसत आधारदर ७%को लाइनमा, कुनबाट पाइन्छ सस्तो ब्याजदरमा कर्जा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर झनै सस्तिएको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट बैंकहरुको कर्जाको ब्याजदर सस्तिएको देखिएको हो।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० वटा वाणिज्य बैंकको औसत आधारदर ७.३४ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको औसत आधारदर ९.९८ प्रतिशत थियो। पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको औसत आधारदर २६.३९ प्रतिशतले घटेको छ।

Esewa
Crest

आधारदर घटेसँगै बैंकहरुबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि सस्तिएको प्रस्ट हुन्छ। बैंकहरुले प्राथमिकताका क्षेत्रमा आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन्।

पछिल्लो समय बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन। त्यसैले बैंकहरुले आधारदरमा न्यून प्रतिशत प्रिमियम थपेर सस्तै ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन्।

वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ। यो बैंकको आधारदर ५.७१ प्रतिशत मात्रै रहेको छ। यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र एभरेष्ट बैंकको आधारदर पनि ६ प्रतिशतको लाइनमा रहेको छ।

सबैभन्दा बढी आधारदर एनआईसी एसिया बैंकको रहेको छ। यो बैंकको आधारदर ८.३७ प्रतिशत रहेको छ। हिमालयन बैंकको आधारदर पनि ८.३५ प्रतिशत रहेको छ। बाँकी १४ वटा बैंकको आधारदर भने ७ प्रतिशतको लाइनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS