IME Life New

बैंकमा बीमा कम्पनीहरुको २०%ले बढ्यो लगानी, रु. ६ खर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१मा बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी २० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन) कम्पनीहरुको बैंकहरुमा लगानी १०.२ प्रतिशतले बढेको हो।

तथ्यांकअनुसार समीक्षा वर्षमा मुद्दति निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ६ खर्ब १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०७९।८० बैंकहरुमा बीमा कम्पनीहरुको ५ खर्ब १५ करोड २ लाख रुपैयाँ लगानी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी १ खर्ब १ अर्ब २० करोड ७० लाख रुपैयाँले बढेको छ।

Esewa
Crest

यसैगरी समीक्षा वर्षमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी ४०.१ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४१ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ३३ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सञ्चय कोषको लगानी ५३ अर्ब ६७ करोड ८१ लाख रुपैयाँले बढेको छ।

समीक्षा वर्षमा नागरिक लगानी कोषको बैंकहरुमा लगानी २५.१ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब ४० करोड २६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९९ अर्ब ४८ करोड ३ लाख रुपैयाँ थियो।

२०८१ असार मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि १३.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ५९ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर ४० खर्ब ३९ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान थियो। यो हिसाबले बैंकहरुमा लगानी गर्ने संस्थागत लगानीकर्ताको प्रतिफल बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS