IME Life New

बैंकमा पैसा फालाफाल, सिडी रेसियो ८१ प्रतिशत भन्दा तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप वृद्धि निरन्तर हुनु तर कर्जाको माग कम हुनाले  प्रणालीमा तरलता दिन प्रति दिन वृद्धि हुँदै गएको छ ।  केही वर्ष अघिसम्म बैंकमा कर्जायोग्य पैसा नभएर आक्रामक रुपमा ब्याज वृद्धि गरेका बैंकहरुले अहिले  कर्जाको माग न्युन हुँदा बैंकमा अधिक तरलताको समस्या देखिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार डिसेम्बर १२ सम्म बैंकहरुको  सिडी रेसियो ८० दशमलव ७६ प्रतिशत रहेको छ । बैंकहरुले ९० प्रतिशत सिडी रेसियोसम्म कर्जा दिन सक्ने भएकोले बैंकसंग अधिक तरलता रहेको प्रमाणित हुन्छ ।

Esewa
Crest

युवा पुस्ता विदेश जान केन्द्रित हुनु, विदेशमै सेटल हुन खोज्ने मनोविज्ञान हाबी हुनु जस्ता कारणले गर्दा बजार सुस्त भएको र कर्जाको माग नभएको जानकार बताउछन् । त्यस्तै बैंकको ब्याज घटे पनि त्यति धेरै नघटेकोले पनि कर्जाको माग कम भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार प्रणालीमा ५९ खर्ब ६० अर्ब निक्षेप हुँदा  वाणिज्य बैंकमा निक्षेपको अंश ५२ खर्ब ६८ अर्ब रहेको छ। त्यस्तै प्रणालीबाट ४९ खर्ब ७८ अर्ब कर्जा प्रवाह हुँदा वाणिज्य बैंकहरुबाट ४४ खर्ब ५ अर्ब कर्जा प्रवाह भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अन्तर बैंक ब्याज दर १ दशमलव १४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

80%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS