IME Life New

बैंकमा थुप्रियो साढे ६४ खर्ब रुपैयाँ, कति गयो कर्जा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा साढे ६४ खर्ब रुपैयाँ थुप्रिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो।

अघिल्लो दिनको तुलनामा भदौ ९ गते ३ अर्ब रुपैयाँ निक्षेप बढेको छ। अघिल्लो दिन भदौ ८ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ४७ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

भदौ ९ मा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ३ अर्ब रुपैयाँले बढेर ५७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब २० अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि भदौ ९ मा ५ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ७९ अर्ब रुपैयाँ थियो।

निक्षेप र कर्जा लगानी दुवै बढ्दा बैंकहरुको अन्तरबैंक ब्याजदर भदौ ९ मा बढेर फेरि ३ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत थियो। बैंकहरुको औसत सीडी रेसियो भने ७८.९६ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS