IME Life New

बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह सक्रिय, सतर्क रहन सीआईबीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसबारे खुलासा गरेको हो। ‘ब्युरोमा केही दिनयता बैंकको कर्मचारी हुँ भन्दै सर्वसाधारणलाई ठगी गरेको उजुरी परिरहेका छन्’, सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने, ‘त्यही भएर सतर्क भएर बैंकिङ कारोबार गर्न हामी आग्रह गर्छौं।’

Esewa
Crest

बोगटीद्वारा जारी सूचनामा हाल विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी हुँ तपाइँको खाता नवीकरण वा अद्यावधिक गर्नुपर्नेछ भनी सर्वसाधारणबाट व्यक्तिगत विवरण माग्नेहरु गिरोह सक्रिय रहेको पाइएको उल्लेख छ। ‘उनीहरुले बैंक अकाउन्ट नम्बर, जन्म मिति, ओटीपी, ठेगानालगायतका गोप्य विवरण माग गरेका छन्’, सूचनामा भनिएको छ, ‘खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा स्क्यामर र ह्याकरले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरु लिने तथा बैंकमा समेत खाता खोली विभिन्न खातावालाको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाली अनलाइन ठगी गर्ने गरेका छन्।’

त्यस्ता ठगीका उजुरी केही दिनदेखि सीआईबीमा प्राप्त भइरहेको सूचनामा उल्लेख छ। ‘त्यसैले त्यस्ता शंकास्पद वा अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ, ‘साथै, त्यस्ता अनलाइन ठगी वा बैंकिङ ठगी कसुरबाट बच्नका लागि सर्वसाधारणको जानकारीका लागि मिडिया वा सामाजिक सञ्जाल बाट सुसूचित गराई सहयोग गरिदिन पनि अनुरोध छ।’

बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक, ई–मेल, ह्वाट्सएप, भाइबर, इमोलगायतका माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएकोलगायतको प्रलोभनमा पारी सोबापत बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्दै आइरहेको घटना भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS