IME Life New

बुटवल पावर गोल्ड अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (National Best Presented Annual Report Award 2023) प्रदान गर्ने विभिन्न विधाहरु मध्ये Power and Energy क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड Gold Award  बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था ICAN ले आर्थिक बर्ष २०७९/८० (२०२२/२३) मा कम्पनीले प्रकाशित गरेको बार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

साउन ५ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका माननिय उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । कम्पनीको परिष्कृत बार्षिक प्रतिबेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट बार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

Esewa
Crest

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करीव ६३,००० ग्राहकहरुलाई विद्युत वितरण गरी आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ ।

निर्माणको चरणमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा कम्पनीको लगानी रहेको छ भने पूर्ब निर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिन स्थित करीव ६०० मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजनाहरु कम्पनीको लगानी रहेको र ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत आयोजना निर्माण गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS