IME Life New

बुटवलमा दुर्घटना न्यूनीकरण तथा बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  बीमा समितिको आयोजनामा दुर्घटना न्यूनीकरण तथा बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका उपनिर्देशन विरोध भट्ट, समितिका सहायक प्रथम शिव प्रसाद खनाल, प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड, प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड लगायतको उपस्थिति थियो ।

बीमा समितिको उपनिर्देशक विरोध भट्टले सवारी दुर्घटना बीमा, तेश्रो पक्ष दुर्घटना बीमा, दुर्घटना बीमालगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्दै दुर्घटना न्यूनीकरण गर्न सावधानी अपनाउनु एकदमै उपयुक्त विकल्प भएको बताए । उनले दुर्घटना भइसकेको अवस्थामा सवारी धनी र पीडित पक्ष दुबैलाई बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले कुनै पनि सवारी साधनको बीमा अनिवार्यरुपमा गर्न सुझाव दिए ।

Esewa
Crest

बीमा क्षेत्रमा कार्यरत जनशक्ति तथा सुरक्षाकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड, सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेले सडक दुर्घटनाको अवस्था, जोखिम र सुरक्षाको उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी(निप्स) को लुम्बिनी प्रदेश र लुम्बिनी च्याप्टर सह आयोजक रहेको कार्यक्रममा लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको समेत सहभागीता रहेको थियो ।

कार्यक्रमकाे प्रमुख अतिथी रविन्द्र रेग्मीले दुर्घटना न्यूनीकरणकाे लागी खटिने सुरक्षाकर्मी र दुर्घटना भइसकेपछि वित्तीय उपचार उपलब्ध गराउने बीमाकर्मीबीचकाे अन्तरकृया लक्षित वर्गलाई प्रभावकारीरुपमा राहत प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।  कार्यक्रमकाे सभापतित्व निप्सका लुम्बिनी प्रदेश अध्यक्ष विश्व दीपक नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS