IME Life New

बीमा सुविधा सहित कामना सेवा बैंकले ल्यायो नयाँ बचत योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित बचत योजना खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर सहित न्यूनत्तम १ हजार रुपैयाँ खाता खोल्न सकिने छ । जसमा एक बर्षको लागि निशुल्क भिसा कार्ड, इन्टरनेट बैकिगं तथा मोवाईकल बैकिगं सुविधा पनि रहेको छ ।

Esewa
Crest

बैंकले सञ्चालनमा ल्याएको उक्त खातामा लकर सुविधामा ५० प्रतिशत रहेको छ । बैंकले १ बर्षको लागि लकरमा छुट दिएको छ । साथै ५० प्रतिशत वाईभर र लकर मार्जिनको सुविधा दिएको छ । त्यस्तै बचतको ब्याज दैनिक हिसाव गरिनेछ भने त्रैमासिक रुपमा भुक्तानी गरिनेछ ।

स्वर्णिम सुरक्षित बचत खाता योजनामा बैंकले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा दिएको छ भने १ लाख रुपैयाँसम्मको मेडिकल बीमा सुविधा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS