IME Life New

बीमा सर्भेयरको आधारभुत तालिम लिनेले इन्ट्रनसिप गर्न नपर्ने, लाइसेन्स वितरण सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा सर्भेयरको आधारभुत तालिम लिएकाहरुले बीमा कम्पनीहरुमा गएर अनिवार्य इन्ट्रनसिप लिनु पर्ने व्यवस्थाबाट बीमा समिति पछाडि हटेको छ । समितिले नेपाल बीमक संघ सँग समन्वय गर्दै सर्भेयरको तालिम लिएकाहरुलाई कम्पनीमै गएर काम गर्ने गरि सहमति गरेको थियो । तर आधारभुत तालिम लिएका सर्भेयरहरुले विरोध गरेपछि समितिले यसलाई स्वेच्छिक गरिदिएको छ ।

यदि कुनै सर्भेयरले ‘म बीमा कम्पनीमा गएर इन्ट्रनसिप गर्छु’ भनेर आएमा बीमा समितिले पत्र लेखिदिने छ । तर अनिवार्य रुपमा सबैलाई जानै पर्ने बाध्यताबाट भने पछाडि हटेको छ । कम्पनीले सुरुका दुई लटमा तालिम लिएकाहरुलाई इन्ट्रनसिप गए पछि मात्रै लाइसेन्स दिने अडान लिदै आएकोमा आजदेखि समितिले लाइसेन्सका लागि आवस्यक शुल्क भुक्तानी गर्नेलाई लाइसेन्स दिने भएको हो ।

Esewa
Crest

आधारभुत तालिम लिएकाहरुले इसेवाबाट ५ हजार रुपैयाँ शुल्क बुझाए पछि प्रमाणपत्र प्राप्त गर्ने छन् । बीमा समितिले यस पटकदेखि सर्भेयरको लाइसेन्स डिजिटल प्रणालीबाट प्रिन्ट गरेर वितरण गर्नेछ । यस भन्दा अगाडि हस्तलिखित प्रमाणपत्र दिदै आएको थियो । अव उनिहरुले प्राप्त गर्ने लाइसेन्सको प्रमाणपत्र पुर्ण रुपमा छापिएर आउनेछ ।

समितिले भदौ ८ गतेदेखि १४ गतेसम्म अनलाइन प्रणालीबाट लाइसेन्सका लागि आवेदन खुला गर्दा ११६८ जनाले निवेदन दिएका थिए । समितिले दुई तीन सय जनाको मात्रै आवेदन पर्ने पुर्वानुमान गरे पनि यति धेरैको आकर्षण देखिएको हो ।

अत्याधिक आवेदन परेपछि समितिले सुरुमा आवेदन दिने २५ जनालाई भदौ १० गतेदेखि नै आधारभुत तालिम दिन थालेको थियो । समितिले कोभिड १९ का कारण २५ जनालाई मात्रै तालिम दिदै आएकोमा अवदेखि यस्तो संख्यालाई केहि मात्रामा बढाउने तयारी गरेको छ ।

हाल नेपालमा ७ सय हाराहारीमा सर्भेयर रहेका छन् । तर यो स्वतन्त्र पेशा भएकाले साढे दुई सय हाराहारीमा मात्रै सक्रिय रहेको बीमा समितिले जनाएको छ । प्रयाप्त सर्भेयर नहुँदा निर्जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानीमा समस्या रहेको बताउदै आएका थिए । तर बीमा समितिले एकै पटक यति धेरै संख्यामा सर्भेयर उत्पादन गरे सँगै बजारको अभावलाई पुर्ती गर्ने देखिन्छ ।

बीमा सर्भेयर हुनका लागि बीमा कम्पनीमा अधिकृतस्तरको पदमा कम्तिमा दश वर्षसम्म काम गरेको, इन्जीनियरिङ विषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय स्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी विषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेको, चार्टर्ड एकाउन्टेन्सी परिक्षा उत्तीर्ण गरेको हुनु पर्छ । पछिल्लो समय नेपालमा यस्तो क्षेत्रका प्राविधिक जनशक्तिको उत्पादन धेरै भएकोले पनि अत्याधिक आवेदन परेको समितिको भनाई छ । साथै विगत ५ वर्ष भन्दा लामो समयदेखि सर्भेयरको लाइसेन्स खुलाउन नसक्दा आकांक्षी बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS