IME Life New

बीमा समितिको निर्देशन पछि अजोडले फिर्ता लियो हकप्रदको विशेष प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशन पछि ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव फिर्ता लिएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको आकस्मिक बैठकले हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव हाललाई स्थगन गरेको हो ।

चैत १६ बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता बराबर एक कित्ताको दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभा समक्ष पेश गर्ने निर्णय गरेको थियो । चैत १७ गते कम्पनीले तेस्रो वार्षिक साधारण सभाको सूचनामा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको थियो ।

Esewa
Crest

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने उक्त सूचना जारी गर्नु भन्दा अघिल्लो दिन नै सूचना चुहिएर दोस्रो बजारमा सकारात्मक सर्किट लागे पछि कम्पनीको चौतर्फी विरोध भएको थियो । विरोध नेपाल धितोपत्र बोर्डले पनि उक्त कारोबारको छानविन को लागि अध्ययन समिति नै गठन गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले पनि अध्ययन समिति गठन गरेको साथ साथै कम्पनीले दोस्रो बजारमा चलखेल गर्न खोजेको भन्दै बीमा समितिले पनि नियामकीय अधिकार प्रयोग गर्दै कम्पनीलाई चैत २३ गते हकप्रद शेयर निष्काशनको प्रकृया तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । समितिको निर्देशन पछि कम्पनीको सञ्चालक समितिको आकस्मिक बैठकले हाललाई हकप्रद शेयर निष्काशन गर्ने आफ्नै विशेष प्रस्ताव फिर्ता दिएको भन्दै नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS