IME Life New

बीमा रकम दाबी गर्न पोखराको व्यापारीद्वारा आफ्नै पसलमा आगजनी, डेढ करोड बीमा दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको रकम दाबीका लागि सुनियोजितरूपमा आफ्नै पसलमा आगजनी गरेका पोखरा लेकसाइडका व्यापारीलाई प्रहरीले सार्वजनिक गरेको छ। साउन १६ गते पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा अवस्थित मुक्तिनाथ सपिङ सेन्टरमा नियोजितरूपमा आगजनी गरेको आरोपमा व्यापारी सुजन गहतराज र सहयोगी पवन नेपाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार लगानी अनुसार व्यापार नचलेर घाटा हुन थालेपछि व्यापारी गहतराजले पवनको सहयोगमा पसलमा आगजनी गरेका हुन् । गहतराजले विगत चार वर्षदेखि सपिङ सेन्टरमा मदिरा र किराना सामाग्रीको व्यापार गर्दै आएका थिए ।

Esewa
Crest

स्याङ्जा आँधिखोला घर भएका गहतराजले सर्ट सर्किट भएर आगलागी भएको भन्दै आगोलागीबाट डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीलाई जानकारी दिएका थिए । घटनाको प्रकृति शंकास्पद देखेपछि प्रहरीले अनुसन्धान गर्दा व्यापारी गहतराजले घाटामा डुब्न लागेपछि आर्थिकरूपमा उकासिनका लागि जानाजान आगजनी गरेको पुष्टी हुने प्रमाण जुटायो ।

प्रहरी उपरिक्षक थापाका अनुसार इन्भर्टर सर्ट भएर आगलागी भएको दाबी गरेपनि इन्भर्टर पसलेले इन्भर्टर पड्किएर आगलागी हुने संभावना न्यून भएको बताएपछि शंकालाइ पुष्टी गर्ने आधार मिलेको थियो । नेपाल विद्युत प्रधिकरणले पनि घटना बुझेपछि विद्युत सर्ट नभएको जानकारी दियो ।

आगलागी भएको दुई दिनपछि व्यापारी गहतराजले साउन १८ गते हिमालयन एभरेष्ट इन्स्योरेन्समा बीमा दाबी गरेका थिए। उनले हिमालयन एभरेष्टमा २ करोड १० लाख रुपैयाँ बीमाङ्कको बीमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS