IME Life New

बीमा प्राधिकरणले बीमा विकास कोषको स्थापना गर्ने, यस्ता छन् प्रयोजनका क्षेत्रहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा विकास कोषको स्थापना गर्ने भएको छ । प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदामा बीमा विकास कोषमा रहेको रकमको प्रयोग आर्थिक विपन्न वर्गका नागरिक समक्ष बीमाको पहुँच पुर्याउनका लागि प्राधिरकणले निर्धारण गरेको क्षेत्रमा प्रयोग गर्नुपर्ने व्यवस्थालाई समावेश गरेको छ ।

यस्तो बीमा विकास कोषको प्रयोग बीमा शुल्कमा अनुदान कार्यक्रम संचालन गर्न, बीमा सम्बन्धी समुदाय लक्षित(पाइलट) परियोजना संचालन गर्न, बीमा प्रबद्र्धनात्मक कार्यक्रम संचालन गर्न प्रयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, बीमा सम्बन्धी आवश्यक्ता पहिचान गर्न अध्ययन तथा अनुसन्धान गर्न, बीमा साक्षरता ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम संचालन गर्न, लघु तथा स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम संचालन गर्न, नेपाल सरकारको गरिबी निवारण सम्बन्धी रणनीति अन्तर्गत अति विपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बमिाद्धारा रक्षावरण गर्नका लागि प्रयोग गर्नुपर्नेछ ।

त्यसैगरी नेपाल सरकारले तोको कुनै खास समुदाय वा क्षेत्रलाई बीमाको दायरामा ल्याउने कुनै कार्यक्रम कार्यान्वयन गर्न, नागरिकको बीमा हित संरक्षण सम्बन्धी अन्य आवश्यक कार्यक्रम संचालन गर्नका लागि प्रयोग गर्नुपर्ने प्राधिकरणले स्पष्ट बताएको छ ।

बीमा ऐनको दफा १५१ बमोजिमको कोष संचालन तथा व्यवस्थापनको लागि प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम इजाजतपत्र प्राप्त क वर्गको वाणिज्य बैंकमा छुट्टै खाता खोलि कारोबार संचालन गर्नुपर्नेछ ।

त्यस्तै, बीमा ऐन बमोजिम भुक्तानी प्रतिकूल असर नपर्ने गरी बाँकी रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र तथा क वर्गाको वाणिज्य बैंकको मुद्दती निक्षेत्रपमा लगानी गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS