IME Life New

बीमा प्राधिकरणले खेलाडीको बीमालेख तयार पार्दै, सम्पुर्ण जोखिम एउटै पोलिसीमा समेट्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलाडी बीमालेख जारी गर्ने भएको छ । खेलाडीहरुलाई लक्षित गर्दै प्याकेजमा उनिहरुको बीमा गर्ने गरी बीमालेख निर्माणको काम भइरहेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सकेसम्म धेरै वटा जोखिम बहन हुने गरी बीमालेख तयार पार्ने काम भइरहेको छ । कम्पनीहरु सँग विभिन्न चरणमा छलफल गरेर के कस्ता जोखिमलाई समेट्न सकिन्छ त्यसको अध्ययन पनि भइरहेको छ । बीमाङ्क रकमका साथै अन्य धेरै वटा विषयमा बीमकहरु सँग छलफल गरेर मात्रै अन्तिम रुप दिने प्राधिकरणको तयारी छ ।

खेलाडीको परिवारले दुर्घटना मृत्यु लाभ पाउने गरी पोलिसी डिजाइन भइरहेको छ । निश्चित बीमाङ्क बराबरको स्वास्थ्य उपचारको पनि सुविधा पाउने व्यवस्था गर्न थालिएको छ । खेलाडीहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा संलग्न हुँदा हुन सक्ने जोखिमलाई पनि मूल्याङ्कन गर्ने काम भइरहेको छ । खेलाडीका सम्पुर्ण जोखिमहरुको मूल्याङ्कन गरेर मात्रै पोलिसी तयार पारिने प्राधिकरणले जनाएको छ ।

Esewa
Crest

बीमा प्राधिकरणले तयार पारेको पोलिसीका आधारमा बीमा कम्पनीहरुले आफुखुसी बिक्री गर्न पाउछन् । सामान्यतयाः बीमा प्राधिकरणले तयार पारेका पोलिसीमा नाम परिवर्तन गरेर कम्पनीहरुले आफ्नो पोलिसी बनाउदछन् ।

प्राधिकरणले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनलाई हेरेर बीमाङ्कीबाट पोलिसी डिजानइन गर्ने काम गर्दछ । प्राधिकरणले पोलिसी तयार पार्नका लागि छुट्टै एक्चुरी नियुक्त गर्ने गरेको छ । सम्बन्धित पोलसी निर्माण गरेको आधारमा उसले पारिश्रमिक लिने गर्दछ ।

नेपालमा हजारौको संख्यामा खेलाडी रहेका छन् । ५० भन्दा धेरै राष्ट्रिय खेलहरु छन् । नेपालमा बक्सिङ, बुद्धिचाल, गल्फ, भलिबल, जिम्न्यास्टिक, सुटिङ, तेक्वान्दो दौड, खोखो, क्रिकेट, ह्याण्ड बल, फुटबल, फुटसल, पौडी, एथलेटिक्स, कराँते, कपर्दी, टेबुल-टेनिस, कुस्ती, भारोत्तोलन, शारीरिक, सुगठन, ब्याडमिन्टन, जुडो, म्याराथन, बास्केट बल, टेनिस, हकि, साइक्लिङ, फेन्चीङ आर्चरी, उसु, केनोइङ,  सफ्ट बल, रग्बी पोलो,  हात्ती पोलो, फुटभलि, बेसबल, रेस्लिङ, बाघचाल, स्नुकर, घोडा दौड, साँढे जुधाइ, बन्जी जम्प, र्याफ्टिङ, प्याराग्लाइडिङ आदी रहेका छन् ।

खेलका दौरानमा खेलाडीहरु बेहोस हुने, शारिरिक अंगभङ्ग हुने लगायतका घटनाहरु घट्छन् । उच्च जोखिम लिएर खेल खेल्नु पर्ने भएकाले पनि उनिहरुका लागि बीमा अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS