IME Life New

बीमा प्राधिकरणको सुदुर पश्चिम प्रदेशद्धारा कैलारी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदुर पश्चिम प्रदेश धनगढी कार्यालयले कैलाली जिल्लाको कैलारी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको यस धनगढी कार्यालयले विभिन्न ठाउँमा बीमा सम्बन्धी चेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी कार्यालयका प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरी, बिशेष अतिथिका रुपमा गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी, अतिथिहरुमा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐर, वडाध्यक्षहरु, अन्य उपस्थितिहरुमा गाउँ पालिकाका पशुशाखा प्रमुख, कृषि विकास शाखा प्रमुख, कृषि तथा पशुपन्छी बीमाका लागि कैलाली जिल्ला तोकिएका राष्ट्रिय बीमा कम्पनीका शाखा प्रमुख नरेन्द्र पनेरु, जीवन बीमा कम्पनीका शाखा तथा उपशाखाका प्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, विभिन्न कृषि सहकारी सस्थाका प्रतिनिधिहरु, पत्रकार तथा अन्य कृषकहरु लगायत स्थानीयहरूको १०० भन्दा बढि सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा सहायक निर्देशक प्रेम हरि पोखरेलले बीमा सम्बन्धि प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले कृषि बीमा गर्न कहाँ जाने र कोही पनि बीमा गर्न नआएको, बीमा सम्बन्धमा ज्ञान पनि नभएको, जीवन बीमा गरेकोमा ऋण नपाइएको, एउटा बाख्राकोबीमा गर्न मिल्ने नमिल्ने, बीमा प्रचार प्रसारको कमिले गर्दा कृषि तथा पशुपन्छी बीमामा संघीय सरकार तथा प्रदेश सरकारले दिएको अनुदान समेत थाहा नभएको जस्ता गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरण यस प्रदेशमा स्थापना भएकोमा खुशि पनि व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरुको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले तथा सम्बन्धित बीमा कम्पनीका प्रतिनिधिहरुले दिएका थिए ।

उक्त कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम लिएर आई धेरै कुरा जनाकारी गराएकोमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए। साथै गाउँपालिकाबाट यहाँका कृषक तथा गाउँबासिहरुलाई बीमामा समेट्नका लागि नीति, योजना बनाई लागू गर्ने, बीमा भन्ने कुरा धेरै राम्रो रहेछ यसलाई प्राधिकरण सँग समन्वय गरि बीमालाई अनिवार्य गर्ने कुरा राख्दै यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस गाउपालिकामा राख्न अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले सहभागीहरूलाई आफ्नो जीवनको पनि बीमा गर्न र सम्पत्तिको पनि बीमा गरि ढुक्क हुन आग्रह गरेका थिए । आफुले लिएको बीमा सम्बन्धि ज्ञानलाई आफ्नो परिवार तथा अन्यमानिसहरुलाई पनि जानकारी गराइदिन समेत उनले अनुरोध गरेका थिए ।

साथै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कैलारी गाउँपालिका परिवार, बीमा कम्पनीका प्रतिनिधिहरु, विभिन्न कृषि सहकारी सस्थाका प्रतिनिधिहरु, पत्रकार, बीमा प्राधिकरणका कर्मचारी लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS