IME Life New

बीमा क्षेत्रमा पहिलो मर्जर सफल, साउन १ गतेबाट एकिकृत कारोबारको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा एयरपोर्ट होटल, काठमाडौंमा सम्पन्न भएको हो भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको विषेश साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।

दुवै कम्पनीले एकापसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सभामार्फत अनुमोदन गरेका छन्। यी दुई कम्पनी १ः शून्य दशमलव ८५ अनुपातमा गाभिने प्रस्ताव पारित गरेका हुन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

Esewa
Crest

विशेष साधारण सभाले दुवै कम्पनीको गाभ्ने गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य सम्झौताहरु अनुमोदन गरेको छ। सभाले मर्जरपछि कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहने लगायतका प्रस्ताव पारित गरेको छ । यी कम्पनीले मर्जरको प्रस्ताव पारित गरी साउन १ गतेबाट एकिकृत कारोबार गर्ने गरी प्रक्रिया अगाडी बढाएको कम्पनीले जनाएको छ ।

मर्जर पछि बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ , सिइओमा बिजय बहादुर शाह हुने र वरिष्ठ डिसिइओमा कमल गौतम रहनेछन् । साथै, हिमालय एभरेष्ट इन्स्योरेन्सको शाखा संख्या ७५ हुनेछ चने कर्मचारीको संख्या ४ सय ४४ जना हुने बताएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ। (आर्थिक वर्ष ७७/७८ मा कम्पनीले वितरण गर्ने ६ प्रतिशत बोनस शेयर पश्चात ) छ । यदी दुवै कम्पनीहरु १ बराबरको १ को स्वापमा मर्जरमा गएको अवस्थामा मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS