IME Life New

बीमा क्षेत्रका टेक्नोमार्केटिङ विज्ञ-रमेशकुमार भट्टराई लुम्बिनी जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारीमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । असार ३०  गते नियुक्ती पाएका भट्टराईले श्रावण  १ गते शुक्रबार देखि आफ्नो कार्यभार सम्हाल्ने भएका छन् ।

अधिकृत तहबाट बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराईसँग युनाईटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्स गरी २२ वर्ष बीमा कम्पनीहरुमा विभिन्न तह र बिभागमा काम गरेको अनुभव छ ।

Esewa
Crest

सन् १९९९ मा यूनाईटेड इन्स्योरेन्स कम्पनीबाट  बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराई सोहि कम्पनीमा २ वर्ष ६ महिना कमाण्ड सम्हालेर बिदा भएका थिए।  उनको आगमन लुम्बिनी जनरलमा नयाँ उत्साह र आशाको संचार भएको छ, उनले सन् १९९७ मा शंकरदेव क्याम्पसबाट एमबीए गरेका थिए । करिब दुई दशक बढी बीमा क्षेत्रमा अनुभव बटुलेका भट्टराई बीमा क्षेत्रमा सरल तथा राम्रो छबिका व्यक्ति मानिन्छन ।

नेपाली बीमा क्षेत्रमा ‘टेक्नोमार्केटिङ’ मा अनुभवी तथा एक सफल प्रयोगकर्ताको रुपमा बिशेष पहिचान बनाएका भट्टराईको अनुभबको सही सदुपयोग गर्नसके लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले भबिष्यमा सफलताको शिखर चुम्न सक्ने आशा गर्न सकिन्छ । यसअघि भट्टराई युनाईटेड इन्स्योरेन्स कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS