IME Life New

बीमा कम्पनीले कृषी बीमालेखकाे रु. ३ अर्ब पाएनन्, जेठ ७ देखि सेवा बन्द गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सरकारबाट कृषी बीमाकाे दाबीवापत पाउनुपर्ने झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी नपाएपछि निर्जीवन बीमकले कृषी बीमालेखकाे बिक्री बन्द गर्ने घाेषणा गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूकाे संस्था नेपाल बीमक संघले प्रेस विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि कृषी बीमालेख जारी गर्ने र बीमालेख अन्तर्गतकाे दाबी भुक्तानी दिने कार्य बन्द गरिने जानकारी गराएकाे हाे ।

Esewa
Crest

संघका अनुसार कृषी बीमाकाे बीमाशुल्कमा सरकारकाे तर्फबाट दिनुपर्ने बीमाशुल्क अनुदानवापतकाे रकम झण्डै तीन वर्ष देखि बाँकी रहेकाे छ। तीन अर्ब रूपैयाँ बाँकी रहेकाेमा माछापालन बीमा अनुदान वापतकाे रकम २०७७ सालदेखि नै बीमा कम्पनीहरूले भुक्तानी पाएका छैनन् । यसबाहेक बाली बीमा अनुदानवापतकाे रकम २०७८ साल चैतदेखि र पशुपंक्षी बीमा अनुदानवापतकाे रकम २०७८ असाेज देखि नै बाँकी रहेकाे संघले विज्ञप्तीमार्फत् जानकारी दिएकाे छ। जेठ ६ गतेसम्ममा बक्याैता अनुदानवापतकाे रकम प्राप्त नभएमा कृषी बीमालेख बिक्री र बीमा दाबीलगायतकाे सबै सेवा ठप्प रहने चेतावनी समेत स‌ंघले दिएकाे छ।

संघका अनुसार नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बीमा‌ंककाे बीमालेख जारी गर्दा समेत कृषी विभागले बीमांकमा किचलाे झिक्ने गरेकाे छ। विभाग आफै‌ंले बीमांक निर्धारण गर्न थालेकाले बीमालेखमा उल्लेखित बीमांकलाई आधार मानेर क्षतिपूर्ती दिने वा विभागकाे निर्णय कुर्ने विषयले अन्याैलता रहने गरेकाे छ।

स‌ंघले अनुदानवापतकाे बक्याैता रकम भुक्तानी र कृषी बीमालेखकाे बीमांक सम्बन्धमा कृषी विभागकाे स्पष्ट धारणा नआएसम्म बीमालेख बिक्री र दाबी भुक्तानी कार्य बन्द गरिने घाेषणा गरेकाे छ। स‌ंघले नेपाल बीमा प्राधिकरण र कृषी विभागले कृषी बीमालेखकाे बीमांकसम्बन्धमा स्पष्ट सहमति गरेर अन्याैलता हटाउनुपर्ने सुझाव दिएकाे छ।

किसानले बीमा गरेकाे अवस्थामा बालीनाली, पशु पंक्षीमा क्षति पुगेमा बीमा कम्पनीले क्षतिपूर्ती उपलब्ध गराउने भएकाले किसानलाई ठूलाे आर्थिक नाेक्सानी व्यहाेर्नुपर्दैन । सरकारले कृषी उत्पादनकाे प्रवर्द्धनका लागी २०६९ सालदेखि कृषी बीमालेखकाे बीमाशुल्कवापतकाे रकममा निश्चित प्रतिशत रकम आफै‌ंले व्यहाेर्दै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

42%
happy

खुसी

26%
sad

दु :खी

11%
amazed

अचम्मित

5%
excited

उत्साहित

16%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS