IME Life New

बीमा कम्पनीमा क्रस होल्डिङको अध्ययन गर्न अध्यक्ष सिलवालले दिए निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुको क्रस होल्डिङको लागि अध्ययन गर्न निर्देशन दिएका छन्। नियम भन्दा बढि कसैको पनि क्रस होल्डिङ हुन नहुने भन्दै अध्यक्ष सिलवाले शुक्ष्म रुपमा अध्ययन गर्न निर्देशन दिएका हुन्।

बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिकामा एउटै लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ। एउटा लगानीकर्ता वा एकाघरका सदश्यको नाममा १५ प्रतिशत भन्दा बढि लगानी गर्न पाइदैन। एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेका लगानीकर्ताले उस्तै प्रकृतीको अर्को बीमा कम्पनीमा एक प्रतिशत भन्दा बढि लगानी गर्न पाइदैन। तर व्यवसायीहरुले सिधै भन्दा पनि विभिन्न व्यक्तिको नाममा क्रस होल्डिङ गर्ने अभ्यास भएकाले यस्तो विषय पेचिलो बन्दै आएको छ।

Esewa
Crest

बीमा समितिका यस अगाडिका अध्यक्षले पनि क्रस होल्डिङको अध्ययन गराएका थिए। तर उनले उक्त अध्ययन न त सार्वजनिक गरे न त कार्यान्वयन नै गराउन सके। पछिल्ला दिनमा पुँजी नपुर्याउने कम्पनीहरुलाई क्रस होल्डिङको अस्त्र प्रयोग गर्दै निर्देशित पुँजी जुटाउन दवाव दिएका थिए। तर उनले ठोस रुपमा क्रस होल्डिङलाई छुदा पनि छोएनन्।

नियम अनुसार कसैले पनि क्रस होल्डिङ गर्न नपाउने भएकाले यदि कसैको क्रस होल्डिङ देखियो भने आवस्यक निर्देशन दिन यस्तो अध्ययन गर्न लागेको सिलवालले बताए। उनले भने ‘नेपाल राष्ट्र बैंकले क्रस होल्डिङलाई निरुत्साहित गर्न सक्ने हामीले नसक्ने भन्ने हुँदैन।’ कानुनले नगर्नु भनेको काम भएको पाइएमा त्यसलाई रोकिने उनले बताए।

बीमा क्षेत्रमा एउटै व्यक्तिले सिमाभन्दा माथि गएर लगानी भएको देखिदैन। तर उनिहरुले अन्य व्यक्तिहरुको नाममा गरिएका लगानीले नियामकहरुलाई समस्या पर्दै आएको छ। बैंकिङ क्षेत्रमा पनि क्रस होल्डिङको समस्यालाई समाधान गर्न राष्ट्र बैंकले एकै पटक चार गुणा पुँजी बढाएर केहि साइजमा ल्याउने काम गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS