IME Life New

बीमाको लोभ देखाउँदै वाणिज्य बैंकहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पछिल्लो समय बैंकहरुले ग्राहकहरुलाई आकर्षित गर्न बीमाको सुविधा दिन थालेका छन् । बाणिज्य बैक देखि विकास बैकहरुले निक्षेप तथा कर्जामा बीमा सुविधा योजना सञ्चालन गरेका छन् ।

बीमा सुविधा दिएर खाता खोल्नका लागि प्रेरित गर्न बैकहरु बिच होडबाजी नै चलेको छ । तर, बैकहरुले दिने बिमा सुविधा भने कत्तिको विश्वसनीय छ वा छैन भन्ने बिषय अन्योलमा छ ।

Esewa
Crest

नबिल बैंकको निक्षेपकर्ता दियो घातक रोग बीमा सुविधा

नबिल बैंकमा आफनो ग्राहकहरुको सुविधाको लागि ३ लाख रुपैयाँ बराबरको घातक रोग बीमा र ७५ हजार रुपैयाँ बराबरको मृत्यू लाभ बीमा गरिदिने योजना सञ्चालन गरेको छ ।

उक्त बीमा योजना अनुसार १३ घातक रोगहरु लागेमा सेवाग्राहीले दाबी भुक्तानी पाउँनेछन् । घातक रोगमध्ये क्यान्सर, हृदयघात, कलेजो खराबी, मृगौला खराबी, फोक्सो खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपटाइटिस, एप्लास्टिक एनिमिया, गम्भिर कोरोनरी धमनी रोग, प्राथमिक पल्मनरी उच्च रक्तचाप, प्रमुख अंग रबोनम्यारो प्रत्यारोपणको बीमाले सुरक्षा प्रदान गर्छ ।

एभरेष्ट बैंकको पाँच लाख बीमा योजना

एभरेष्ट बैंकले आफनो ग्राहकको सुविधाको लागि ५ लाख बीमा योजना आफना ग्राहकहरुलाई सुविधा दिएइको छ । बैंकले मातृभूमि बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौं सुनिश्चित बचत ’ नारासहित ५ लाख बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै कर्पोरेट स्यालरी खातामा इन्स्योरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ ।

यस योजनामार्फत खातावालाले ५ लाख रुपियाँसम्मको बीमा सुविधाको पाउनेछन् । साथै कर्पोरेट खातावालाले ५ लाख बीमा र अग्रिम तलब सुविधाको लाभ लिन सक्नेछन् ।

सनराईज बैंकले ल्यायो स्वास्थ्य बीमा योजना

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा सुविधामा दिएको छ । योजना अनुसार भारतका प्रमुख १५ वटा अस्पतालहरु सहभागी छन् । सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजनाअनुसार बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा एक लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्नसक्ने छन् ।

साथै सनराइज बैंकका बचतकर्ताहरूले पाँच लाखसम्मको दुर्घटना बिमा र एक सय भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट पाउँनेछन् ।

माछापुच्छे बैंकको स्मार्ट स्वास्थ्य योजना

माछापुच्छे बैंकले आफनो ग्राहकहरुको सुविधाको लागि स्मार्ट सवास्थ र दुर्घटना बीमा सुविधा दिएको छ । जसमा पाँच हजारसम्मको औषधी खर्च, एक लाख रुपैयाँ सम्मको अस्पताल खर्च, पाँच लाख वा खातामा रहेको मासिक औषत मौज्दातको पाँच गुणासम्मको दुर्घटना बीमा गराएको छ ।

एनआईसीले ल्यायो घातक रोग बीमा सुविधा

एनआईशी एशीया बैंकले आफनो ग्राहकहरुको लागि १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा गराएको छ । जसमा ग्राहकहरुको लागि १५ लाखसम्मको दूर्घटना बीमा सुविधा दिएको छ । यसका साथै कम्पनीले एक लाख देखि ५० हजारसम्म औषधी उपचार सम्बन्धि सुविधा दिएको छ ।

सिभिलको बचत योजना बीमा सुविधा

सिभिल बैंकले आफना ग्राहकहरुको लागि ‘सम्मान बचत खाता’ योजनामा बीमा सुविधा दिएको छ । बैंकले यस बचत खातामा सात लाखसम्मको दुर्घटना मृत्यू र अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको एक लाखसम्मको औषधोपचार खर्चको बीमा पनि निशुल्क रुपमै उपलब्ध गराउँदै आएको छ ।

सिटिजनमा बचत गर्दा बीमा पनि

सिटिजन्स बैंकले आफनो ग्राहकको सुविधाको लागि नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ सञ्चालनमा बीमाको सुविधा दिएको छ । उक्त बचत खाता सञ्चालन गर्दा निःशुल्क रुपमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा तथा सात लाख रुपैयाँसम्मको दुर्घटना बीमाको अफर गरिएको छ ।

दैनिक मौज्दातमा सवा ६ प्रतिशत ब्याज दिने घोषणा गरिएको उक्त नयाँ खाता योजनाले स्वास्थ्य उपचार तथा दुर्घटनामा हुने क्षतिलाई समेत ध्यान दिँदै निशुल्क बीमाको व्यवस्था गरिएको कारण लोकप्रिय हुने विश्वास गरिएको छ ।

नयाँ खाता खोल्ने ग्राहकले एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र सात लाखसम्मको दुर्घटना मृत्यु बीमा दावी गर्न सक्नेछन् ।

मेगा बैंकमा स्वास्थ बीमा सुविधा

मेगा बैंकले आफनो ग्राहकलाई दुर्घटना बीमा सुविधा प्रदान गर्ने भएको छ । बैंकले संस्थागत बीमामा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा र सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा दिने भएको छ । स्वाथ्य जाँच गर्दा ५ सय रुपैयाँसम्मको शोध भर्नाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS