IME Life New

बीमा व्यवसायी भन्छन् जरिवाना शुल्क धेरै भयो घटाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ :प्रस्तावित बीमा विद्येयकमा गरिएको दण्ड तथा जरिवानाको व्यवस्था अव्यवहारिक भएको बीमा व्यवसायीहरुले गुनासो गरेका छन् । अर्थ समितिमा भएको छलफलमा जरिवानाको रकम घटाउँन उनीहरुले माग गरेका छन् । विद्येयकमा सामान्य कसुरमा पनि दैनिक हिसाव गरी जरिवाना रकम लगाउँने व्यवस्था अन्यायपूर्ण भएकोले कसुर र जरिवानाको बीचमा सन्तुलन कायम राखी रकम तोक्नुपर्ने निर्जीवन व्यवसायी संघका कानुनी सल्लाहकार सुवेदीले बताए ।
प्रस्तावित विद्येयकको दफा १४० मा जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । बिमा कम्पनीले नियम, विनियम, निर्देशन वा आदेश बमोजिम काम नगरेमा बीमकको हकमा म्याद नाघेको एक हप्तासम्ममा दैनिक ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । म्याद नाघेको दुई हप्तासम्ममा दैनिक एक लाख रुपैयाँ तोकेको छ भने उक्त अवधि पछि जहिलेसुकै भएपनी दैनिक १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

त्यस्तै विमकले समयमा सर्भेयर नखटाएमा म्याद नाघेको एक हप्तासम्मको लागि दैनिक १० हजार रुपैयाँ, दुई हप्तासम्मको लागी दैनिक २५ हजार रुपैयाँ त्यसपछि कुनै पनि समयमा दैनिक ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । तर, नेपालमा पर्याप्त मात्रामा सर्भेयर नभएकोले विद्येयकमा गरिएको जरिवानाको व्यवस्था अव्यवहारिक भएको व्यवसायीहरुले तर्क गरेका छन् । त्यस्तै, बिमा दाबी समयमा भुक्तानी नगरेमा विद्येयकमा २ लाख रुपैयाँ देखि ५० लाख रुपैयाँसम्म गरिएको जरिवानाको व्यवस्थालाई हटाउँन माग गरेका छन् ।

Esewa
Crest

बीमा व्यवसायीले बीमकको हकमा पहिलो पटकमा ५० हजार रुपैयासँम्म, दोश्रोमा १ लाख रुपैयाँ त्यसपछि भने १ लाख ५० हजार रुपैयाँ हुनुपर्ने माग गरेका छन् ।
सर्भेयरको नखटाएको अवस्थामा भने एक हप्तासम्म १० हजार, दुई हप्तासम्म २५ हजार त्यसपछि भने ५० हजार रुपैयाँ हुनुपर्ने माग गरेका छन् । अन्य जरिवानाको व्यवस्था खारेज गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS