IME Life New

बिदेशी बीमा कम्पनीका गतिविधि रोक्न अर्थमन्त्रालयको निर्देशन, ‘सीमा क्षेत्रमा होर्डिङ बोर्ड लगाउनु, स्थानीय भाषामा प्रचार गर्नु’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले दक्षिणी सीमा क्षेत्रमा होर्डिङबोर्ड लगाउने कार्य तीव्र पारेको छ । अर्थमन्त्रालयको निर्देशनपछि भारतीय बीमा कम्पनीको प्रभाव रोक्न बीमा समितिले सीमा क्षेत्रमा सचेतना अभियान अघि बढाएको हो । गत असोज १३ गते अर्थमन्त्रालयले दिएको निर्देशनको आधारमा बीमा समितिले विदेशी बीमा कम्पनीमा बीमा गराउनु गैर कानुनी हुने भन्दै अभियान चलाउन थालेको छ ।

नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गत रहेको उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले नेपालमा विदेशी कम्पनीहरुले बीमा गराउने कार्य गरिरहेको भन्दै त्यस्तो गतिविधि रोक्न बीमा समितिलाई निर्देशन दिएको खुलेको छ । अर्थमन्त्रालयमा सीमा क्षेत्रमा भारतीय बीमा कम्पनीहरुले नेपालीहरुलाई अबैध रुपमा बीमा गराउने गरेको रिपोर्ट पुगेपछि भएको छलफलमा यस्तो निर्णय गरिएको अर्थमन्त्रालय स्रोतको दावी छ । स्रोतका अनुसार भारतीय बीमा कम्पनीका एजेन्टहरुले नेपालको दक्षिणी सीमा क्षेत्र जनकपुर, गौर, विराटनगर, बीरगन्ज भैरहवा तथा नेपालगन्ज क्षेत्रमा नेपाली नागरिकलाई बीमा गराउने गरेका छन् ।

Esewa
Crest

मन्त्रालयले बीमा समितिलाई तोकेरै सो क्षेत्रमा जनचेतना बृद्धि गर्न भनेको छ । समितिको बैठकको निर्णयको बुँदा नं ९ मा भनिएको छ, ‘नेपाली नागरिकले नेपाल राज्य बाहिरको वित्तीय कम्पनीबाट बीमा लगायतका वित्तीय कारोबार गर्न गराउन, कानुनतः नमिल्ने विषय नागरिकलाई सूसुचित गराउन सीमा नाकाहरुमा होर्डिङ बोर्ड राख्ने एवम् स्थानीय भाषाका एफएम रेडियोबाट प्रचार प्रसार गर्ने व्यवस्था बीमा समितिले मिलाउने ।’

मन्त्रालयको लिखित निर्देशनसँगै बीमा समितिले सो अभियानमा तीव्रता दिइरहेकोे छ । गत महिनामा महोत्तरीको भिट्टामोडमा जनचेतना मूलक होर्डिङ बोर्ड राखेको बीमा समितिले मंसिर महिनामा बीरगन्जको सीमा क्षेत्रमा समेत राखिसकेको छ । त्यसैगरी, जनचेतना जगाउने कार्य समेत अघि बढाएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले इन्स्योरेन्स खवरलाई बताए । उनले भने, ‘सीमा क्षेत्रमा भारतीय बीमा कम्पनीको गतिविधि बढेको भन्ने जनगुनासो आएको सन्दर्भमा बीमा समितिबाट अनुमति प्राप्त कम्पनीबाट मात्रै बीमा गराउन जनचेतना बढाउने काम गरिरहेका छौं ।कानुन बमोजिम स्वदेशी लगानी तथा विदेशीका लगानीकर्ता भई नेपालको कानुन बमोजिम बीमा समितिबाट बीमा कारोबारको लागि अनुमति प्राप्त कम्पनीहरुले मात्रै नेपाल राज्यभित्र बीमा गर्न पाउनेछन् । नेपालमा १९ वटा जीवन बीमा र २० वटा निर्जिवन बीमा कम्पनीहरु रहेका छन् । उता, केही विदेशी लगानीका बीमा कम्पनीहरुले भने आफूलाई विदेशी कम्पनीको रुपमा अन्य बीमा कम्पनीका एजेन्टहरुले बद्नाम गर्ने प्रयास गरिरहेको गुनासो गर्दै आएका छन् । नाम उल्लेख गर्न नचाहने एक विदेशी लगानीका बीमा कम्पनीका अधिकारीले गुनासो पोख्दै भने, ‘सीमा क्षेत्रमा जनचेतना जगाउने कार्य सराहनीय छ, तर विदेशी लगानी कम्पनी जसले नेपालबाट स्वीकृत लिएका छन्, तिनीहरुलाई विदेशी कम्पनी भनेर दु्ष्प्रचार गर्ने कार्य गलत छ ।’

साथै सोही बैठकले बीमा समितिले लघुबीमा, घुम्ती बीमा सेवा लगायतका बीमा सम्बन्धी जनचेतना फैलाउने कार्य गर्न समेत निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS