IME Life New

बाह्य सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्रमा दबाब र चाप कायमै छः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्य सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्रमा दबाब र चाप भने कायमै रहेको बताएका छन्।

प्रतिनिधिसभामा आइतबार सांसदहरुको प्रश्नमा प्रधानमन्त्री दाहालले यस्तो जबाफ दिएका हुन्। ‘बाह्य सूचकहरु सकारात्मक रहेका छन्’, उनले भने, ‘यद्यपि, अर्थतन्त्रमा दबाव र चाप भने कायम नै छ।’

Esewa
Crest

अर्थतन्त्र संकटमुक्त रहेको पनि दाहालले बताए। ‘पूर्ण रुपमा चलायमान भने भइसकेको छैनࡆ’, उनले भने।

अर्थतन्त्र सुधारका लागि हरेक मन्त्रालयसँगै छलफल गरिरहेको रहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँग पनि समन्वय गरिरहेको बताए। ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रगति सन्तोषजनक भएन’, उनले भने, ‘अब राजस्व प्रशासन र विदेशी सहायताको परिचालनलाई थप कार्ययोजनाका साथ सरकार अगाडि बढ्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS