IME Life New

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा भीषण बाढीका कारण जनधनको क्षति भएपछि नेपाल मेडिकल कलेजले बाढीबाट प्रभावित तथा घाइते नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ ।

मित्रराष्ट्र चीनको तिब्बतस्थित भू–भागबाट आएको बाढीका कारण २०८३ भाद्र १० गते बिहानदेखि रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको घटनाप्रति नेपाल मेडिकल कलेजले गहिरो मानवीय संवेदना व्यक्त गर्दै विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

Esewa
Crest

बाढीबाट प्रभावित नागरिकलाई तत्काल, सहज र सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कलेजले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक सेवा, अस्पतालका शय्या, अत्यावश्यक स्वास्थ्य उपकरण तथा अन्य आवश्यक स्रोत–साधनलाई स्ट्यान्डबाइ अवस्थामा राखेको जनाएको छ ।

नेपाल मेडिकल कलेजले विपद्को यस कठिन परिस्थितिमा ‘मानव जीवनको रक्षा र स्वास्थ्य सेवा सबैको पहुँचमा’ भन्ने मूल भावनाका साथ आफ्नो स्वास्थ्य सेवा संयन्त्र परिचालन गरेको जनाएको छ । आर्थिक अभावका कारण विपत्तिमा परेका नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक स्वास्थ्य उपचार सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको कलेजको भनाइ छ ।

कलेजले राष्ट्रमा आइपर्ने प्राकृतिक विपत्ति तथा आपत्कालीन परिस्थितिमा नेपाल सरकार, स्थानीय तह तथा आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउँदै आएको समेत जनाएको छ । यसपटक पनि प्रभावित नागरिकको जीवनरक्षा तथा स्वास्थ्य उपचारका लागि सरकार, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, स्थानीय तह, संघसंस्था तथा नागरिकसँग आवश्यक समन्वय र सहकार्य गर्न कलेज प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS