IME Life New

बाढीपहिरोको वितन्डाः धेरै दाबी सम्पत्ति बीमामा, अरु क्षेत्रमा कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोजको दोस्रो साताको वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोको वितन्डाले ठूलो जनधनको क्षति भएको छ। सयौँ परिवार घरबासविहीन बनेका छन् भने थुप्रै ठाउँमा भौतिक क्षति भएको छ। बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी पनि बीमा कम्पनीहरुमा करिब ९ अर्ब रुपैयाँको परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज २९ गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा ३ हजार २४४ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले ९७ वटा दाबीको १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

Esewa
Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमामा १ हजार ६२० वटा दाबीको ६ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले ४९ वटा दाबीको १६ करोड १० लाख २१ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यसैगरी दोस्रो धेरै दाबी इन्जिनिरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। यो क्षेत्रमा २५९ वटा दाबी परेको छ भने ती दाबीको कम्पनीहरुले १ अर्ब ८४ करोड ७ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ।

यसैगरी मोटर बीमा (निजी)तर्फ ८१६ वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३४० वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको क्रमशः २३ करोड ७२ लाख रुपैयाँ र १६ करोड ९४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म मोटर बीमा (निजी)तर्फको ३५ वटा दाबीको ७८ लाख ३४ हजार रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फको ५ वटा दाबीको ३५ लाख ५६ हजार रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २३ वटा दाबी (२ करोड २० लाख ९९ हजार रुपैयाँ), कृषि बाली बीमातर्फ १२३ वटा दाबी (१ करोड ११ लाख २२ हजार रुपैयाँ), पशुपन्छी बीमातर्फ ४८ दाबी (१ करोड १ लाख १३ हजार रुपैयाँ) र विविधतर्फ १५ वटा दाबी (५४ लाख ८५ हजार रुपैयाँ) परेका छन्।

लसम्म कम्पनीहरुले सामुद्रिक बीमातर्फ एउटा दाबीको ९ हजार रुपैयाँ र पशुपन्छी बीमातर्फ ७ वटा दाबीको ४ लाख ७ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS