IME Life New

बाढीपहिरोको क्षतिमा हालसम्म १५% मात्र बीमा दाबी भुक्तानी, सुस्त हुनुमा के भन्छ प्राधिकरण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाढीपहिरोको क्षतिबाट परेको बीमा दाबीमा निर्जीवन बीमकहरुले हालसम्म निकै थोरै भुक्तानी गरेको देखिन्छ।

असोज दोस्रोबाट अविरल वर्षापछि उत्पन्न बाढीपहिरोबाट देशका विभिन्न स्थानमा ठूलो भौतिक क्षति भएको थियो। बाढीपहिरो गएको केही दिनमै नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई बीमा दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको थियो। तर, बीमकहरुबाट दाबी भुक्तानी सुस्त देखिएको छ।

Esewa
Crest

बीमा प्राधिकरणका अनुसार पुस २४ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ७०१ वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १२ अर्ब ८९ करोड ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म बीमकहरुले १ हजार ९२६ वटा दाबीको १ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेका छन्। कम्पनीहरुले कुल दाबी गरेको १५ प्रतिशतमात्र भुक्तानी गरेको तथ्यांकबाट देखिन्छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५११ वटा दाबी परेको छ। जसको कम्पनीले २ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले २७९ वटा दाबीको ३४ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरमा ४६२ वटा दाबी परेको छ। ती दाबीको १ अर्ब १३ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। कम्पनीले हालसम्म ४२६ वटा दाबीको ३५ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १८३ वटा दाबीको १ अर्ब ३७ करोड १० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १५४ वटा दाबीको ५ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सगरमाथा लुम्बिनीले ४२८ वटा दाबीको १ अर्ब ३६ करोड २८ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २५४ वटा दाबीको ९७ करोड ५७ लाख रुपैयाँ, सानिमा जीआईसीले २३२ वटा दाबीको ९७ करोड ३० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३१० वटा दाबीको २४ करोड ३ लाख रुपैयाँ, एनएलजीले २०३ वटा दाबीको ८६ करोड ७० लाख रुपैयाँ र युनाइटेड अजोडले ३३४ वटा दाबीको ७४ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सगरमाथा लुम्बिनीले १९५ वटा दाबीको २४ करोड १३ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १३४ वटा दाबीको १४ करोड रुपैयाँ, सानिमा जीआईसीले ८५ वटा दाबीको १६ करोड २ रुपैयाँ, नेको इन्स्योरेन्सले १४० वटा दाबीको १३ करोड ९७ लाख रुपैयाँ, एनएलजीले ७१ वटा दाबीको १० करोड २ लाख र युनाइटेड अजोडले १०६ वटा दाबीको १५ करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

पुस २४ गतेसम्म नेसनल इन्स्योरेन्सले ११३ वटा दाबीको ४७ करोड ७६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८७ वटा दाबीको ४४ करोड ८६ लाख रुपैयाँ, आईजीआई प्रुुडेन्सियलले ३०० दाबीको ४१ करोड ७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३७ वटा दाबीको ३२ करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २० वटा दाबीको २० करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म नेसनल इन्स्योरेन्सले १९ वटा दाबीको ३ करोड ३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६९ दाबीको २ करोड ३५ लाख ९९ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलले १७५ दाबीको १६ करोड ३२ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ५५ वटा दाबीको १ करोड ६२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले एउटा दाबीको ९ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

त्यस्तै निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ९ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म स्टार माइक्रोले ३ वटा दाबीको २ लाख ५० हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको ५ लाख ७१ हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख २ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ७ वटा दाबीको १ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बाढीपहिरोको क्षतिको सर्भे गर्ने र त्यसको रिपोर्टिङ गर्ने कार्यमा समय लाग्ने भएकोले बीमकबाट हुने दाबी भुक्तानीमा ढिलाइ भएको हुन सक्ने बताए। ‘प्रक्रिया पुगेकाहरुको बीमकले दाबी भुक्तानी गरिरहेका छन्’, उनले भने, ‘प्राधिकरणले पनि बीमकलाई दाबी भुक्तानी प्रक्रिया छिटोछिटो गर्न भनिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS