IME Life New

बाढीपहिरोको क्षतिमा सवा १२ अर्बको बीमा दाबी, करिब साढे ६% मात्र भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म सवा १२ अर्ब रुपैयाँको दाबी परेको छ। असोज दोस्रो साताको अविरल वर्षपछि देशका विभिन्न स्थानमा सिर्जित बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो।

नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर १२ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ५२९ वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १२ अर्ब २६ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म बीमकहरुले १ हजार २१५ वटा दाबीको ७८ करोड ९३ लाख ८ हजार रुपैयाँ भुक्तानी गरेका छन्। कम्पनीहरुले कुल दाबी गरेको ६.४४ प्रतिशतभन्दा भुक्तानी गरेको तथ्यांकबाट देखिन्छ।

Esewa
Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५०५ वटा दाबी परेको छ। जसको कम्पनीले २ अर्ब ५९ करोड ८ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले १६९ वटा दाबीको १३ करोड ६७ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरमा ४५७ वटा दाबी परेको छ। ती दाबीको १ अर्ब १० करोड २० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। कम्पनीले हालसम्म ३९५ वटा दाबीको २७ करोड ६ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १७७ वटा दाबीको १ अर्ब ५३ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १०१ वटा दाबीको २ करोड १ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सगरमाथा लुम्बिनीले ४१६ वटा दाबीको १ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २४६ वटा दाबीको १ अर्ब २ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसीले २२४ वटा दाबीको ८६ करोड ५० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २१९ वटा दाबीको ७६ करोड ३९ लाख रुपैयाँ र युनाइटेड अजोडले ३२८ वटा दाबीको ७२ करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सगरमाथा लुम्बिनीले ९२ वटा दाबीको ७ करोड ३२ लाख ८२ हजार रुपैयाँ, हिमालयन एभरेष्टले ९२ वटा दाबीको ८ करोड ५३ लाख २७ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १०१ वटा दाबीको ६ करोड ९० लाख ५५ हजार रुपैयाँ, युनाइटेड अजोडले ३९ वटा दाबीको ५८ लाख ४ हजार रुपैयाँ र सानिमा जीआईसीले २८ वटा दाबीको ३ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

कात्तिक २८ गतेसम्म नेसनल इन्स्योरेन्सले १०५ वटा दाबीको ५० करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १९२ वटा दाबीको ४९ करोड ३४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २९६ दाबीको ४७ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८३ वटा दाबीको ३९ करोड ९४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३७ वटा दाबीको २० करोड ७९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १७ वटा दाबीको २० करोड ६७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म नेसनल इन्स्योरेन्सले ५ वटा दाबीको २२ लाख ६८ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २५ वटा दाबीको १ करोड २६ लाख २० हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ९७ दाबीको ६ करोड २ लाख ९८ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३१ वटा दाबीको १ करोड १८ लाख ५१ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले २९ वटा दाबीको ६९ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म एउटा दाबीको पनि भुक्तानी गरेको छैन।

त्यस्तै निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ९ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म स्टार माइक्रोले एउटा दाबीको २६ हजार ७९० रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख १ हजार ८८८ रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको १ लाख १८ हजार ९४१ रुपैयाँ भुक्तानी गरिसकेका छन्। ट्रस्ट माइक्राले भने एउटा पनि दाबीको भुक्तानी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS