IME Life New

बाढीपहिरोको क्षतिमा बीमकबाट हालसम्म कति भयो बीमा दाबी भुक्तानी ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाढीपहिरोको क्षतिबाट परेको बीमा दाबीमा निर्जीवन बीमकहरुले हालसम्म निकै थोरै भुक्तानी गरेको देखिन्छ।

असोज दोस्रोबाट अविरल वर्षापछि उत्पन्न बाढीपहिरोबाट देशका विभिन्न स्थानमा ठूलो भौतिक क्षति भएको थियो। बाढीपहिरो गएको केही दिनमै नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई बीमा दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको थियो। तर, बीमकहरुबाट दाबी भुक्तानी सुस्त देखिएको छ।

Esewa
Crest

बीमा प्राधिकरणका अनुसार माघ २३ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ७२० वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म बीमकहरुले २ हजार २४९ वटा दाबीको २ अर्ब ५० करोड २० लाख रुपैयाँ भुक्तानी गरेका छन्। कम्पनीहरुले कुल दाबी गरेको १९.५७ प्रतिशतमात्र भुक्तानी गरेको तथ्यांकबाट देखिन्छ। कम्पनीहरुले अझै १ हजार ५३० दाबीको ९ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५१२ वटा दाबी परेको छ। जसको कम्पनीले २ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले ३१४ वटा दाबीको ५२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १८३ वटा दाबीको १ अर्ब ३७ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १६१ वटा दाबीको ५ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सगरमाथा लुम्बिनीले ४३० वटा दाबीको १ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ, शिखरले ४६६ वटा दाबीको १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ, सानिमा जीआईसीले २३२ वटा दाबीको ९७ करोड ३० लाख रुपैयाँ, हिमालयन एभरेष्टले २५४ वटा दाबीको ९४ करोड ५२ लाख रुपैयाँ, एनएलजीले २१३ वटा दाबीको ८८ करोड ४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३१३ वटा दाबीको ८६ करोड ९१ लाख रुपैयाँ र युनाइटेड अजोडले ३३४ वटा दाबीको ८६ करोड ९१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सगरमाथा लुम्बिनीले २३५ वटा दाबीको ३५ करोड ५७ लाख रुपैयाँ, शिखरले ४४० वटा दाबीको ४४ करोड ४७ लाख रुपैयाँ, सानिमा जीआईसीले ११५ वटा दाबीको १७ करोड ९७ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १४१ वटा दाबीको १५ करोड ८५ लाख रुपैयाँ, एनएलजीले ९० वटा दाबीको १० करोड ६३ लाख, नेको इन्स्योरेन्सले २०४ वटा दाबीको १८ करोड ४१ लाख रुपैयाँ र युनाइटेड अजोडले १४२ वटा दाबीको १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

माघ २३ गतेसम्म नेसनल इन्स्योरेन्सले ११३ वटा दाबीको ४८ करोड ३ लाख रुपैयाँ, आईजीआई प्रुुडेन्सियलले ३०० दाबीको ४१ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८७ वटा दाबीको ४० करोड ८३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३७ वटा दाबीको ३२ करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २० वटा दाबीको २० करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म नेसनल इन्स्योरेन्सले २३ वटा दाबीको ३ करोड ४६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २०७ दाबीको २० करोड ९१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९५ दाबीको ४ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६३ वटा दाबीको २ करोड ११ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले एउटा दाबीको ९ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

त्यस्तै निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ९ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म स्टार माइक्रोले ६ वटा दाबीको ३ लाख १८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको ५ लाख ७१ हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख २ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ५ वटा दाबीको १ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS