IME Life New

बाढीपहिरोको क्षतिः सम्पत्ति बीमातर्फ सवा ९ अर्बको दाबी, हालसम्म कति भयो भुक्तानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोजको दोस्रो साताको वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोको वितन्डाले ठूलो जनधनको क्षति भएको छ।

बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी पनि निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म १२ अर्ब ८९ करोड रुपैयाँ बढीको परेको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अनुसार पुस २६ गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा ३ हजार ७०१ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले १२ अर्ब ८९ करोड ५ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म बीमकहरुले १ हजार ९२६ वटा दाबीको १ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेका छन्। जुन कुल दाबी रकमको १५ प्रतिशतमात्रै हो।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमामा १ हजार ७८२ वटा दाबीको ९ अर्ब २६ करोड ५२ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले ८५५ वटा दाबीको १ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्। सम्पत्ति बीमामा परेको कुल दाबीको १५.६१ प्रतिशतमात्रै भुक्तानी भएको छ।

यसैगरी दोस्रो धेरै इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३२४ वटा दाबीको कम्पनीहरुले २ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले ७३ वटा दाबीको ८ करोड ५६ लाख रुपैयाँमात्रै भुक्तानी गरेका छन्।

मोटर बीमा (निजी)तर्फ ९५४ वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३९३ वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको क्रमशः ४१ करोड ३१ लाख रुपैयाँ र ३० करोड ७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म मोटर बीमा (निजी)तर्फ ५७७ वटा दाबीको १७ करोड ७३ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ २३३ वटा दाबीको १९ करोड २२ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

त्यस्तै सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २३ वटा दाबी (४ करोड ४ लाख रुपैयाँ), पशुपन्छी बीमातर्फ ६७ दाबी (३ करोड ६४ लाख रुपैयाँ), कृषि बाली बीमातर्फ १३७ वटा दाबी (१ करोड ५ लाख रुपैयाँ) र विविधतर्फ २१ वटा दाबी (९० लाख रुपैयाँ) परेका छन्। हालसम्म कम्पनीहरुले सामुद्रिक बीमातर्फ १३ वटा दाबीको १ करोड ६९ हजार रुपैयाँ, पशुपन्छी बीमातर्फ ४० वटा दाबीको ५४ लाख ३४ हजार रुपैयाँ, कृषि बीमातर्फ १२१ वटा दाबीको ७७ लाख २८ हजार रुपैयाँ र विविधतर्फ १४ वटाको ३२ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS