IME Life New

बाढीपहिरोको क्षतिः बीमकहरुमा करिब ९ अर्बको दाबी, शिखरबाट ८९ दाबीे भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म करिब ९ अर्ब रुपैयाँको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज २९ गतेसम्म निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम ३ हजार २४४ वटा दाबी परेको हो। ती दाबीको कम्पनीहरुले ८ अर्ब ९८ करोड ३० लाख २६ हजार ६४४.२० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ।

Esewa
Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परको छ। यो कम्पनीमा ४६१ वटा दाबी परेको छ। जसमा कम्पनीले १ अर्ब ९५ करोड २९ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ।

यसैगरी दोस्रोमा ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा धेरै दाबी परेको छ। यो कम्पनीमा १७० वटा दाबी परेको छ। जसमा कम्पनीले १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ।

हिमालयन एभरेष्टमा तेस्रो धेरै दाबी परेको छ। यो कम्पनीले २२२ वटा दाबीमा १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ।

हालसम्म बीमकहरुबाट ९७ वटा दाबीमा १७ करोड २८ लाख २८ हजार रुपैयाँ बढी भुक्तानी भएको छ। सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले मात्रै ८९ वटा दाबीमा १७ करोड २४ लाख ७१ हजार रुपैयाँ बढी भुक्तानी गरेको छ।

यसैगरी हिमालयन एभरेष्टले ४ वटा दाबीमा ६६ हजार १२८ रुपैयाँ भुक्तानी गरेको छ।

गत असोज १० गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको थियो। प्राधिकरणले केही समयपहिले मात्रै परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यथाशक्य चाँडो क्षतिको दाबी भुक्तानी दिन निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS