IME Life New

बढ्न थाल्यो कर्जाको माग, बैंकहरुबाट एकैदिन रु. ८ अर्ब प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ। पछिल्ला तथ्यांकले कर्जाको माग बढ्न थालेको देखाएको हो।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २४ गते बैंकहरुबाट एकैदिन ८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा भदौ २४ मा बढेर ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।

Esewa
Crest

यसैगरी भदौ २४ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७९ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ८४ अर्ब रुपैयाँ थियो।

भदौ २४ मा बैंकहरुको औसत सीडी रेसियो पनि बढेर ७९.०२ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.८७ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS