IME Life New

बढ्दो साइबर हमलासँगै साइबर बीमाशुल्क महँगो हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापीरूपमा इन्टरनेटको माध्यमबाट अर्काको गोप्य तथ्यांकमा अनधिकृत पहुँच बनाएर फिरौती माग्ने अपराधले व्यापकता पाएसँगै अन्तर्राष्ट्रिय बजारमा साइबर बीमाशुल्क ५० प्रतिशतभन्दा महँगो भएको छ । सूचना प्रविधिको माध्यमबाट कम्प्युटरमा संग्रह गरी राखिएको तथ्यांकहरूमा अनधिकृत पहुँच बनाएर क्षति पु¥याउने, सरकारी तथा निजी क्षेत्रको गोपनीयतामा चुनौती तेस्र्याउने, लाखौं रुपैयाँ फिरौती माग्नेलगायतका घटनाहरूमा वृद्धि भएकोले साइबर बीमा अन्तर्गत थप अतिरिक्त जोखिम बहन गर्नुपरेको कारण देखाउँदै बीमा कम्पनीले बीमाशुल्कमा वृद्धि गरेका हुन् ।

साइबर बीमामा चुनौती थपिंदै गर्दा यसको व्यवसायीक स्वरुपमा पनि तीब्र परिवर्तन आएको सूचना प्रविधिको सुरक्षा चुनौती सम्बन्धमा सोध गर्ने संस्थाहरुले उल्लेख गरेका छन् । साइबर सेक्युरिटी सम्बन्धी उपकरण र सफ्टवेयर उत्पादक कम्पनी सोफोसले प्रकाशन गरेको गाइड टु साइबर इन्स्योरेन्स९ साइबर बीमाको लागी मार्ग दर्शन० प्रतिवेदनमा पछिल्लो डेढ दशकमा पहिलो पटक बजार यति चुनौतीपूर्ण हुँदै गएको उल्लेख छ। प्रतिवेदनले बीमकहरूको भुक्तानी बढ्दै जाँदा बीमाशुल्क पनि महँगिएको उल्लेख गरेको छ ।

Esewa
Crest

गत जुनमा क्रेडिट रेटिङ एजेन्सी एस एण्ड पिको वैश्विक प्रतिवेदनका अनुसार साइबर बीमा कम्पनीहरूको घाटा अनुपात सन् २०२० मा लगातार तेश्रो वर्ष २५ अंकले वृद्धि भएर ७८.२ प्रतिशत पुगेको छ। यो घाटा अनुपात कूल खर्च र दाबी भुक्तानीको कूललाई बीमाशुल्क आम्दानीले विभाजन गरेर निकालिएको हो ।

बढ्दो बीमाशुल्कका बावजुद साइबर बीमाको माग स–साना व्यवसायदेखि लिएर सूचना प्रविधिमा अब्बल कम्पनीहरूबीच बढ्दो छ । बीमा क्षेत्रका जानकारहरूका अनुसार गत वर्ष यसको माग भनै उच्च भएको थियो ।

के हो साइबर हमला ?
सूचना प्रविधिमा पोख्त व्यक्ति वा समूहले अन्य कसैको कम्प्युटर वा सर्भरमा सुरक्षा मापदण्डको कुनै कमजोरी पता लगाएर तथ्यांकहरुमा अनधिकृत पहुँच स्थापित गर्ने र क्षति पु-याउने कार्यलाई साइबर हमला भनिन्छ । विश्वको एउटा कुनै कुनाबाट जुनसुकै ठाउँको कम्पनी वा व्यक्तिको सूचनामा अनधिकृत पहुँच स्थापित गर्न सिपालु हुन्छन् ।

यस्तो व्यक्ति वा समूहले सर्भर वा कम्प्युटरमा रहेको महत्वपूर्ण तथ्यांकलाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएर सम्बन्धित व्यक्तिसँग तथ्यांकमा पहुँच स्थापित गरिदिने वा तथ्यांकलाई छेडखानी नगर्ने, क्षति नपु-याउने आश्वासन दिएर लाखौं रुपैयाँ फिरौती माग गर्छन् ।
केही वर्ष अघि एनआइसी एशिया बैंक, प्रभु बैंकलगायत बैंकहरुको सूचना प्रविधिमा अनधिकृत पहुँच स्थापित गरेर स्वीफ्टमार्फत् करोड रुपैयाँभन्दा बढी रकम विदेशी ह्याकरले ती बैंकको खाताबाट गायब पारिदिएका थिए ।

के हो साइबर बीमा ?
साइबर हमला भएको अवस्थामा हमलाकारीले पु-याउने क्षतिको आर्थिकरुपमा पूर्ती गर्नको लागी बीमा कम्पनीले जारी गर्ने बीमालेखलाई साइबर बीमा भनिन्छ । यस्तो बीमा अन्तर्गत बीमा कम्पनीले बीमित व्यक्ति वा संस्थाको सूचना प्रविधिमा बाहिरी तत्वले क्षति पु-याएको वा फिरौती मागेको अवस्थामा शर्त अनुसारको रकम क्षतिपूर्तीवापत उपलब्ध गराउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS