IME Life New

बढ्दो निष्क्रिय बैंक खाताले आरबीआई तनावमा, अर्बौं रकममा परेन दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बैंकहरुबाट बढिरहेको निष्क्रिय खाताबाट भारतीय रिजर्भ बैंक (आरबीआई) चिन्तित भएको छ। त्यस्ता खातामा अर्बौं रकमलाई छिट्टै ग्राहक कल्याणकारी कोषमा जम्मा गर्ने तयारी पनि आरबीआईले गरिरहेको छ।

आरबीआईले बैंकहरुलाई निर्देशन दिँदै निष्क्रिय खाता कम गर्ने उपाय तत्काल अविलम्बन गर्न निर्देशन एिको छ। त्यसका लागि केवाईसी अपडेट गर्न मोबाइल वा इन्टरनेट बैंकिङ, ननहोम ब्रान्च, भिडियो कस्टरमर आइडेन्टिफिकेसनजस्ता सजिला प्रक्रिया अगाडि बढाउन आईबीआईले बैंकहरुलाई निर्देशन दिएको छ।

Esewa
Crest

विगत दुई वर्षभन्दा बढी समयदेखि कुनै लेनदेन नभएका बैंक खातालाई निष्क्रिय खाताको श्रेणीमा राख्न आईबीआईले निर्देशन दिएको छ। हरेक त्रैमास त्यस्ता खाताको विवरण तयार गरी जारी गर्न पनि आईबीआईले भनेको छ।

निष्क्रिय खातामार्फत धोकाधडीका घटना बढ्न सक्ने देखिएकोले आरबीआईले बैंकहरुलाई निगरानी बढाउन पनि सल्लाह दिएको छ। सन् २०२३ को अन्त्यसम्म त्यस्ता खातामा १ लाख करोड रुपैयाँभन्दा बढी धनराशि जम्मा रहेको छ। जसमा ४२ हजार करोड रुपैयाँमा दाबी नपरेको आरबीआईले तथ्यांक सार्वजनिक गरेको छ।

भारतको वित्त मन्त्रालयका अनुसार बैंकहरुमा वार्षिक रुपमा २८ प्रतिशतले बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS